धादिङ ट्रक दुर्घटना अपडेट : मृत्यु हुनेकाे संख्या ७ पुग्यो, सबैको सनाखत

धादिङ ट्रक दुर्घटना अपडेट : मृत्यु हुनेकाे संख्या ७ पुग्यो, सबैको सनाखत

धादिङमा यात्रु बोकेको ट्रक दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ७ पुगेको छ भने मृतक सबै जनाकाे सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका-२, भुलभुलेका सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलबहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ, र नजबहादुर गुरुङ रहेका छन्। उनिहरु सबै एउटै गाँउका बासिन्दा हुन् ।

दुर्घटनामा परी चारजनाको घटनास्थलमा र तीनजनाको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका ३२ जनामध्ये १५ जनालाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइराखेको प्रहरीले जनाएकाे छ ।

धादिङकै ज्वालामुखी गाउँपालिका–४ ढोलामण्डलीको दर्शन गरेर फर्किएका तीर्थयात्री बोकेको ग १ ख ८०१२ नम्बरको मिनिट्रक दुर्घटना भएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.