धादिङमा ट्रक दुर्घटना : ६ को मृत्यु, १९ घाइते

धादिङमा ट्रक दुर्घटना : ६ को मृत्यु, १९ घाइते

धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्  ।

धादिङकै ज्वालामुखी गाउँपालिका–४ ढोलामण्डलीको दर्शन गरेर फर्किएका तीर्थयात्री बोकेको ग १ ख ८०१२ नम्बरको मिनिट्रक सडकमै पल्टिँदा ६ जनाको मृत्यु भएको हाे । मृतकको सनाखत भएको छैन ।

दुर्घटनामा गम्भीर घाइते १५ जनालाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइराखेको प्रहरीले जनाएकाे छ ।

मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका-२ भुलभुलेका बासिन्दा चढेको प्रहरीले बताएको छ । उक्त ट्रकमा २५ जना थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.