रिसोर्टमा अचेत भेटिएका आठै जना भारतीय पर्यटकको मृत्यु (अपडेट)

रिसोर्टमा अचेत भेटिएका आठै जना भारतीय पर्यटकको मृत्यु (अपडेट)

मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भएका आठै जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन ।

सोमबार मकवानपुरको उत्तरी थाहा नगरपालिका ४ स्थित दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा सुतेका ८ जना भारतीय नागरिक मंगलबार बिहान अर्धचेत अवस्थामा भेटिए पछी उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

कैलाश एयरको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं ल्याइएका उनिहरुकाे ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

भारतको केरलाबाट १५ जनाको समूहमा नेपाल घुम्न आएका उनीहरूले दुई कोठा रिजर्भ गरेका थिए। एक कोठामा ८ र अर्कोमा ७ जना सुतेका थिए। झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका उनिहरु निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीको छ।

यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.