दामनको रिसोर्टमा सुतेका एक भारतीयको मृत्यु, सात जना बेहाेस भेटिए

दामनको रिसोर्टमा सुतेका एक भारतीयको मृत्यु, सात जना बेहाेस भेटिए

मकवानपुरको उत्तरी थाहा नगरपालिका ४ स्थित दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा सुतेका एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने ७ जना भारतीय पर्यटक अर्धचेत अवस्थामा भेटिएका छन्।

प्रहरीका अनुसार थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए।

कोठाभित्र झ्याल ढोका थुनेर हिटर बालेर सुतेको अवस्थामा उनीहरुलाई भेटिएको प्रहरीले जनाएको छ । अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान खुलेको छैन। अचेत अवस्थामा रहेका भारतीयहरुको उद्धार गरी उपचारका लागि काठमाडौं लगीएको प्रहरीले जनाएको छ।

१५ जनाको समूहमा गएका उनीहरूले दुई कोठा रिजर्भ गरेका थिए। एक कोठामा ८ र अर्कोमा ७ जना सुतेका थिए। अर्को कोठामा रहेका भारतीयलाई भने केही भएको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.