रोग निको पार्ने बहानामा ‘बलात्कार’ गर्ने पाष्टर पक्राउ

रोग निको पार्ने बहानामा ‘बलात्कार’ गर्ने पाष्टर पक्राउ

प्रहरीले एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक जना पाष्टरलाई पक्राउ गरेको छ ।

ललितपुरको कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका क्रिस्चियन पास्टर विश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई प्रहरीले पक्राउ गरेकाे हाे । पीडित महिलाको लिखित जाहेरी आधारमा ललितपुर प्रहरीले सोमवार पास्टर जोशीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पाष्टरले नराम्रा काम गरेकाले रोग लागेको बताउँदै आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने आवश्सन देखाएर ती महिलालाई जबरजस्तीकरणी गरेका थिए ।

पास्टरले आफूलाई ललाइफकाई विश्वास दिलाई विगत ३ महिनादेखि जबरजस्ती करणी गरेको पीडित महिलाले जनाएकी छन् । पछिल्लो पटक चापागाउँको एक गेष्ट हाउसमा बोलाएर उनले जबरजस्तीकरणी गरेको पीडितले दिएको जोहरीमा उल्लेख गरिएको छ ।

तर, सम्बन्धबारे कसैसँग भने परमेश्वरले दिएको शक्ति नष्ट हुने भन्दै उनले धम्की समेत दिएको जनाइएको छ । पहिलो पटक महिलाले जोशीको विश्वासमा परेर उनले भनेअनुसार गरे पनि पटकपटक सम्बन्ध राख्न खोज्दा यो प्रकरण बाहिर आएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.