४ जिल्लाका सीडीओको सरुवा, को कहाँ ?

४ जिल्लाका सीडीओको सरुवा, को कहाँ ?

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।

गृह मन्त्रालयले आइतबार कपिलवस्तु, रौतहट, सोलुखुम्बुका प्रजिअ र रुपन्देहीका सहायक प्रजिअ परिवर्तन गरेको हो ।

गृह मन्त्रालयका अनुसार, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागमा तानेर उनको स्थानमा सहसचिव वासुदेव घिमिरेलाई पठाइएको छ । कारागार व्यवस्थापन विभागमा कार्यरत घिमिरे धादिङको प्रमुख जिल्ला भइसकेका व्यक्ति हुन् ।

काठमाडौंको कायममुकायम प्रजिअ किरण थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय तानिएको छ । गृहमा कार्यरत उपसचिव रमा आचार्य सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएकी छन् ।

सोलुखुम्बुका यसअघिका प्रजिअ वेदनिधि खनाललाई भने रुपन्देहीको सहायक प्रजिअको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.