काठमाडौंमा सटर फुटाएर चोरी गर्दै हिँड्ने ‘किशोर-ग्याङ’ पक्राउ

काठमाडौंमा सटर फुटाएर चोरी गर्दै हिँड्ने ‘किशोर-ग्याङ’ पक्राउ

काठमाडौंको सुकेधाराबाट सटर फोडेर चोरी गर्ने किशोरहरूको एक समूहलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा झापा स्थायी ठेगाना भई कपन बस्ने १६ वर्षीय आशिष आचार्य, गोरखा घर भई कपन बस्ने १७ वर्षीय आयुष थापा मगर, दोलखा स्थायी ठेगाना भएका १७ वर्षीय लालक्पा छिरिङ शेर्पा, रामेछापका १८ वर्षीय अजय मगर र धनकुटाका १६ वर्षीय सन्तोष धमला रहेका छन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जकाे टाेलीले उनिहरुलाई काठमाडौंको सुकेधारा क्षेत्रबाट पक्राउ गरेकाे हाे । किशोरहरूले लागूपदार्थको नसामा लठ्ठिएर रातको समयमा चोरी गर्ने गरेका अनुसन्धानकाे क्रममा खुलेकाे छ ।

प्रहरीले उनीहरूको साथबाट नगद ५ हजार रुपैयाँ, विभिन्न कम्पनीका ७ थान मोबाइल बरामद गरेको छ । त्यस्तै, आधा किलो गाँजा र निट्राभेट ८० ट्ब्यालेटसमेत बरामद गरेको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.