उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

उखु किसानका पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।

कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले  प्रहरी मुख्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो।

गृह मन्त्रालयले उखु किसानको भुक्तानी नदिने श्री इन्दिरा सुगर एन्ड एग्रो ईं प्रालि र श्री अन्नपूर्ण सुगर एन्ड जनरल ईं प्रालिका सञ्चालक राकेशकुमार अग्रवाललाई पक्राउ गर्न मंगलबार प्रहरीलाई पत्र काटेको हो।

विगत ११ दिनदेखि उधारोमा बेचिएको उखुको भुक्तानी होस् र अब बेच्ने उखुको मूल्य सन्तुलित होस् भन्ने माग लिएर किसान आन्दोलनमा छन्। पीडित किसानहरुले राजधानीकेन्द्रित आन्दोलन सुरु गरेपछि उद्योग र कृषि मन्त्रालयले उनीहरुलाई खोजी गरेको हो।

सर्लाही र रौतहटका झण्डै डेढ सय किसान यतिबेला काठमाण्डौमा आएका छन् । ऋण गरेर आन्दोलन गर्न काठमाण्डौ आएको बताउने किसान न्याय नपाइ घर नफर्किने बताउँदै आएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.