घरभाडामा बस्नेको परिचय खोजेर राख्न प्रहरीलाई गृहको निर्देशन

घरभाडामा बस्नेको परिचय खोजेर राख्न प्रहरीलाई गृहको निर्देशन

गृह मन्त्रालयले काठमाडौं उपत्यकालगायत देशभर आपराधिक गतिविधि बढेको निष्कर्ष निकाल्दै घरभाडामा बस्ने सबैको परिचय पत्र लिएर मात्र घर भाडा दिनु पर्ने बताएको छ ।

काठमाडौं उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घर भाडामा दिने र लिने व्यक्ति, संस्था, कार्यालयले दिने परिचय नजिकको प्रहरी कार्यालयमा समेत जानकारी दिन गृहले सर्वसाधारणलाई अनुरोध गरेको छ।

मंगलबार गृह मन्त्री रामबहादुर थापा तथा सचिव प्रेमकुमार राईसमेतको बैठकले घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको निष्कर्ष निकाल्दै गृहले आपराधिक गतिविधि रोक्न प्रहरीलाई समेत आवश्यक कदम चाल्न निर्देशन दिएको हो ।

विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरू गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरूको भण्डारण र प्रयोग गरी विध्‍वंसात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइएको गृहले जनाएको छ।

यस प्रकारको क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पार्ने भएकाले काठमाडौं उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घर भाडामा दिने र लिने व्यक्ति, संस्था, कार्यालयले दिने परिचय नजिकको प्रहरी कार्यालयमा जानकारी दिन गृहले सर्वसाधारणलाई अनुरोध पनि गरेको छ।

अब घर भाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण र छाडेको विवरण पनि प्रहरी कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ ।

घर भाडा लिएर अवैध गतिविधि गरेको आशंकामा केही दिन अघिमात्रै १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेपछि सरकारले डेरावालाको विवरण संकलन गर्नुपर्ने निर्णय गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.