भ्रष्टाचारको आरोप लागेका डिएसपीलाई सफाइ

भ्रष्टाचारको आरोप लागेका डिएसपीलाई सफाइ

भ्रष्टाचारको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी श्याम राईले सफाइ पाएका छन्।

विशेष अदालतका न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजालासले राईलाई सफाइ दिएको हो।

२०७५ साल असोज २० गते बौद्ध प्रहरीका प्रमुख रहेका बेला १ लाख ४० हजार रकमसहित उनी पक्राउ परेका थिए।

अख्तियारले गत कात्तिक २८ गते विशेष अदालतमा मुद्दा दर्ता गर्दै राईविरुद्ध १ लाख ४० हजार रुपैयाँ बिगो तथा बिगोअनुसार जरिवाना र १ वर्ष ६ महिनासम्म कैद सजायको मागदाबी गरेको थियो ।

तर राईले भने आफ्नो कार्यकक्षमा आएर बसेका केही समूहले ब्यागमा पैसा छाडेर गएको बताउँदै आएका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.