धनुषामा बम बिस्फोट गराउनेलाई कारबाही गर्छौं: गृहमन्त्री थापा

धनुषामा बम बिस्फोट गराउनेलाई कारबाही गर्छौं: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताउनु भएकाे छ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै गृहमन्त्री थापाले मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना दिनुभएकाे छ । साथै उँहाले घटनामा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ ।

‘धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ, मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ उँहाले भन्नुभएकाे छ ।

स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उहाँका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो। सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि ज्यान गएको प्रहरीले जनाएको छ।

विस्फोटमा परी तीनजना घाईते भएका छन् । प्रहरी निरीक्षक दाहालको शव काठमाडौं ल्याउने तयारी छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.