प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिन सक्छ : गृहमन्त्री बादल

प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिन सक्छ : गृहमन्त्री बादल

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिने भएकाले सतर्क हुनुपर्ने बताउनु भएकाे छ।

शुक्रबार १७९ औं ब्याचबाट पास आउट भएका ९१ जना प्रहरी निरिक्षकको दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले उक्त कुरा बताउनु भएकाे हाे ।

उँहाले प्रहरी जिम्मेवार भएर काम गर्नुपर्ने बताउदै ‘सानो गल्ती प्रहरी संगठन र सरकारलाई प्रत्युदपादक हुन्छ’, मन्त्री थापाले भन्नु भयाे ।

त्यसैगरी उँहाले दिक्षित प्रहरीहरूलाई सम्बोधन गर्दै अधिकृतहरूको तालिममा राज्यले ठूलो लगानी गरेकाले त्यसको प्रतिफल दिनुपर्ने भनाइ राख्नु भएकाे थियाे। उँहाले पछिल्लो समय प्रहरीले प्रशंसनिय काम गरिरहेको समेत बताउनु भयाे।

कार्यक्रममा १८ महिने तालिममा विभिन्न विधामा उत्कृष्ट प्रहरी निरिक्षकहरूलाई पुरस्कृत गरिएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.