अनलाइन ठगी र बैङ्क ह्याकिङ गर्ने ३ जना पक्राउ

अनलाइन ठगी र बैङ्क ह्याकिङ गर्ने ३ जना पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले नेपाली बैङ्क ह्याकिङ तथा अनलाइनबाट ठगीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

अनलाइनका माध्यमबाट पुरस्कार वा चिठ्ठा पर्यो लगायतका विभिन्न प्रलोभन देखाई ठगी गरेकाे आराेपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे। त्यसैगरी उनीहरुले विभिन्न बैङ्क ह्याकिङसम्म गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौँ लगायत देशका अन्य स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

यसबारेमा थप जानकारी दिन प्रहरीले पत्रकार सम्मेलनको तयारी गर्दैछ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.