दशरथ रंगशालामा प्रहरीको लाठी चार्ज

दशरथ रंगशालामा प्रहरीको लाठी चार्ज

नेपाल र भुटानबीच आज दिउँसो हुने साग फुटबलको फाइनलको टिकटका विषय विवाद हुँदा प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको छ।

टिकटका लागि रङ्गशाला भित्र छिर्न खोज्दा प्रहरी र सर्वसाधारणबीच विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठी लागेर नागरिक दैनिकका पत्रकार सुमन चापागाईं पनि घाइते भएका छन्।

१३ ‌औं दक्षिण एसियाली खेलकुद (साग) को आज समापन हुँदैछ। समापनसँगै फुटबलको फाइनल खेल पनि आजै छ। फुटबलसँगै बक्सिङ, जुडो, बास्केटबल लगायतका खेलको फाइनल पनि बाँकी नै छ।

नेपाल भर्सेस भुटानको खेल हेर्नका लागि टिकट लिन पुगेका दर्शकलाई हटाउने क्रममा लाठी प्रहार भएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.