वीरगञ्जमा बन्द कोठाभित्र आमा–छोरीको शव फेला

वीरगञ्जमा बन्द कोठाभित्र आमा–छोरीको शव फेला

पर्साको वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित शिवनगर टोलमा सोमबार साँझ आमा–छोरीको शव फेला परेको छ ।

वीरगञ्ज-१२ मुरलीस्थित एक घरमा सोमबार साँझ बन्द कोठाभित्र अन्दाजी २२-२३ वर्षकी महिला र उनको एक÷डेढ वर्षकी छोरीको शव फेला परेको हो। उनीहरु भाडामा बस्दै आएको घरकै कोठामा शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा करिब ७/८ दिन अघि नै हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ । बाहिरबाट ताला लगाएको अवस्थामा कोठाभित्र भुईमा आमाछोरीको शव फेला परेको हो ।

घरबेटीले प्रहरीलाई दिएको जानकारीअनुसार उनीहरुले आफ्नो घर बाराको कलैया उपमहानगरपालिका–२६, सिसुवा बताएका थिए ।

सोमबार शव कुहिएको जस्तो गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोड्दा शव भेटिएको थियो। श्रीमती र छोरीको शव फेला पर्दा पनि पवन भने प्रहरीको सम्पर्कमा आएका छैनन्।

प्रहरीले दुवै शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा पठाएको छ । पोस्टमार्टम रिपोर्टपछिमात्र घटनाबारे थप जानकारी हासिल हुने प्रहरीले जनाएकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.