नेपाली बालिकालाई बलात्कार गरेको अभियोगमा अमेरिकी नागरिक पक्राउ

नेपाली बालिकालाई बलात्कार गरेको अभियोगमा अमेरिकी नागरिक पक्राउ

नेपाल प्रहरीको सिआइबीको टोलीले नेपाली बालिकालाई बलात्कार गरेको अभियोगमा एक अमेरिकी नागरिकलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा अमेरिकी नागरिक राहदानी नं. ५६७४७२५३५ वाहक ४० वर्षका जासन लोर्ड मुडि रहेका छन् । उनले आइतबार एयरपोर्ट स्थित मेमोरियल गेष्ट हाउस, कोठा नं १०४ बाट तीन बालिकालाई पैसा दिने र मिठो खानेकुरा दिने भन्दै बलात्कार गरेका थिए।

प्रहरीले गेष्ट हाउसमा छापा मारेर ३ जना बालिकाको उद्धार गरेको छ। उनी वाल यौन दुराचार जस्तो जघन्य अपराधमा संलग्न रहेको समेत खुल्न आएको प्रहरीले जनाएकाे छ ।

उनको साथबाट प्रहरीले अमेरिकी राहदानी तीन वटासहित ल्यापटप, विभिन्न कम्पनीको मोबाइल, एटीएम कार्ड, विश्व भाषा क्याम्पसबाट जारी आईडी कार्ड लगायत बरामद भएको छ ।

पक्राउ परेका उनीमाथि जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.