अदालतको आदेशमा रिहा भएका विप्लवका कार्यकर्ता पुनः पक्राउ

अदालतको आदेशमा रिहा भएका विप्लवका कार्यकर्ता पुनः पक्राउ

धरौटीमा रिहा भएका नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका बागलुङ जिल्ला सेक्रेटरी नविन कुँवरलाई प्रहरीले अदालत परिसरबाट पुन: पक्राउ गरेको छ ।

राज्यविरुद्धको अपराध गरेको आरोपमा गत असोज ७ गते पक्राउ परेका जिल्ला सेक्रेटरी कुँवरलाई बागलुङ जिल्ला अदालतले १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

तर, अदालतको आदेशअनुसार धरौटी तिरेर बाहिरिने क्रममा जिल्ला अदालत परासीको गेट अगाडि बाटै उनलाई प्रहरीले सार्वजनिक सवारी साधनमा राखी प्रहरी कार्यालय लगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले पुनः पक्राउ गरिएको जानकारी दिँदै नेता कुँवरलाई पर्वत जिल्ला पठाइने जानकारी दिए। उनका अनुसार कुँवरको पर्वत जिल्लामा पनि मुद्धा भएकाले छिमेकी जिल्ला पठाउन लागिएको हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.