वडाअध्यक्षमाथि बोक्सोको आरोप लगाउँदै स्थानीयको दुर्व्यवहार,कालोमोसो र जुत्ताको माला

वडाअध्यक्षमाथि बोक्सोको आरोप लगाउँदै स्थानीयको दुर्व्यवहार,कालोमोसो र जुत्ताको माला

चितवनको इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्षलाई केही स्थानीयले बोक्सोको आरोप लगाउँदै कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीबाट वडाध्यक्ष चुनिएका पञ्चबहादुर प्रजालाई गत शनिबार केही स्थानीयले मोसो र जुत्ताको माला लगाइदिएर मानव मलमुत्र खुवाउने प्रयाससमेत भएको छ ।

जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।

उनलाई स्थनियले बोक्सोको आरोप लगाउँदै कालो मोसो र जुत्ताको माला लगाइदिएका वडाअध्यक्ष प्रजाले बताए । ‘पहिलेदेखि नै अमानवीय व्यवहार गर्थे शनिबार भने उत्तमकुमार गुरूङको समूहले मलाई मोसो दलेर जुत्ताको माला लगाइदिए,’ उनले भने, ‘उत्तमकुमार गुरूङका बुबाले दिसा पिसाब समेत खुवाउने भन्दै थिए, पछि मैले प्रतिकार गरें ।’

गुरूङको समूह लामो समयदेखि गाउँमा गुण्डागर्दी गर्दै आएको प्रजाको भनाइ छ ।

घटनामा संलग्न भएको भन्दै उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा राखि अभियुक्तबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.