कोहलपुरमा कर्फ्यू हटाइयो, विद्यालय र बजार ठप्प

कोहलपुरमा कर्फ्यू हटाइयो, विद्यालय र बजार ठप्प

बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले हिजाे दिउँसो तीन बजेदेखि लगाएको कर्फ्यू हटाएको छ ।

विद्यार्थी र प्रहरीको झडपका कारण आइतबार दिनैभर तनाबग्रस्त बनेको कोहलपुर बजार क्षेत्र सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटाएको हाे ।

यता, प्याव्सन र एनप्याव्सनले घटनाको बिरोध गर्दै १ दिनका लागि कोहलपुर बजार क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गराएका छन् । बन्दका कारण विद्यालय र बजार ठप्प छन् । सवारी साधन भने सञ्चालन भइरहेका छन् ।

आइतबार बिहान ट्रकको ठक्करबाट भुवन माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृति चन्द गम्भीर घाइते भएपछि कोहलपुर तनावग्रस्त बनेको थियो । चन्दलाई ट्रकले ठक्कर दिएर घाइते बनाएको विरोधमा विद्यार्थीले प्रहरीमाथि ढुँगामुढा र लाठी प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको थियो ।

प्रगतिलाई ट्रकले ठक्कर दिएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु ट्रकमा आगो लगाउनुका साथै दर्जन बढी सवारी साधन तोडफोड गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने सुशील थापा गम्भीर घाइते भएका थिए ।

उनलाई पनि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अहिले कोहलपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बालिकालाई ठककर दिने ट्रक चालक भने प्रहरी नियन्त्रणमा छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.