मोटरसाइकल र एम्बुलेन्स एक आपसमा ठोकिँदा दुईको मृत्यु, एक घाइते

मोटरसाइकल र एम्बुलेन्स एक आपसमा ठोकिँदा दुईको मृत्यु, एक घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ मुख्य चोकमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स. १ च ६९३ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नपा १२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

महराको घटनास्थलमै र मण्डलको उपचारको लागि विराटनगर लानेक्रममा बाटोमै मृत्यु भएको हाे । दुर्घटनामा एक जना घाइते भएका छन् ।

एम्बुलेन्ससहित चालकलाई प्रहरीले नियन्त्रमा लिएर थप अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.