कपिलवस्तुमा कार दुर्घटना : एकको मृत्यु, ५ घाइते

कपिलवस्तुमा कार दुर्घटना : एकको मृत्यु, ५ घाइते

कपिलवस्तुको बाणगंगा ८ बोडगाँउ नजिकै आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फतर्फ आउँदै गरेको बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ हरनामपुरका अन्दाजी ३० बर्षीय सुरेश पाण्डेको मुत्यु भएको हो ।

तीब्र गतिको कार सडकको छेउमा रहेको विद्युत पोलमा ठोक्किन पुग्दा गम्भीर घाइते भएका पाण्डेको उपचारको क्रममा बाणगंगा चारनम्बरस्थित सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

पाण्डे ग्लोबल आईएमई बैङ्क बनगाइका शाखा प्रमुख रहेको खुलेको छ । पाण्डेले सो कार आफै चलाएका थिए ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि बुटवल ल्याइएको छ भने अरुको चार नम्बरस्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.