हेलिकप्टर प्रयोग गरेर वन्यजन्तुको अंग तस्करी

हेलिकप्टर प्रयोग गरेर वन्यजन्तुको अंग तस्करी

हेलिकप्टर मार्फत प्रतिबन्धित वन्तजन्तुको अंग तस्करी गरेको आरोपमा प्रहरीले एक जनालाई विमानस्थलबाट पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा हुम्लाको ताँजाकोट गाउँपालिका–५ की २९ वर्षीया सम्झना बुढा छन् । मंग्लबार सिम्रिक एयरको हेलिकप्टर मार्फत गोरखाबाट  काठमाडौं आएकी उनलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेकाे हो ।

प्रहरीले बुढाकाे साथबाट सेतो रंगको बोरामा कालो रंगको वन्यजन्तुको सिंग जस्तो देखिने वस्तु र वन्यजन्तुका छाला बरामद गरेकाे छ । उनीसँग भएको सिङ र छाला कुन जनावरका हुन् भन्ने एकिन भइसकेको छैन।

विमानस्थलको फलामे गेट प्रहरी चेकिङ्ग एरियामा एक्सरे मेसिनमा स्क्रीनिङ गर्ने क्रममा वन्यजन्तुको सिंग र छाला फेला परेको प्रहरीले जनाएकाे छ ।

वन्यजन्तुको सिंग र छालासहित पक्राउ परेका उनलाई थप अनुसन्धानका जिल्ला वन कार्यालय हात्तीसार पठाएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.