सिद्धबाबालाई चार दिन थुनामा राख्न जिल्ला अदालतकाे अनुमति

सिद्धबाबालाई चार दिन थुनामा राख्न जिल्ला अदालतकाे अनुमति

बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अनुसन्धानका लागि चार दिन थुनमा राख्न जिल्ला अदालत सुनसरीले अनुमति दिएको छ।

प्रहरीले आज बिहान ४ बजे विराटनगरको विराट नर्सिङ होमको आईसीयूबाट सिद्धबाबालाई पक्राउ गरी एम्बुलेन्समा हालेर इनरुवा पु¥याएको थियो । सुनसरीका डीएसपी विनोद शर्माको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धानको लागि म्याद थप गर्न अदालत पेस गरेको थियो।

अदालतले जबरजस्ती करणी मुद्दामा थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पनि स्वास्थ्य अवस्थाका कारण गिरीलाई पुन: अस्पताल नै पठाइएको छ।

सिद्धबाबाकी एक अनुयायील आफूलाई सिद्धबाबाले बलात्कार गरेको आरोप लगाउँदै सिआईबीमा उजुरी दिएकी थिइन । त्यस लगत्तै बिरामी परेको भन्दै सिद्धबाबा उपचारको लागि विराटन नर्सिङ होममा भर्ना भएका थिए ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.