कलंकीमा टिपरको ठक्करबाट एकजनाकाे मृत्यु

कलंकीमा टिपरको ठक्करबाट एकजनाकाे मृत्यु

काठमाडौँकाे कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै टिपरको ठक्करबाट एकजनाकाे मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बिहान सवा ५ बजे नम्बर खुल्न नसकेको टिपरको ठक्करबाट अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भिर घाइते भएका पुरुषको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल उपचारको क्रममा सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटना पश्चात टिपरसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.