बलात्कार आरोपित ‘सिद्धबाबा’ आईसियूबाटै पक्राउ

बलात्कार आरोपित ‘सिद्धबाबा’ आईसियूबाटै पक्राउ

आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी प्रहरीले अस्पतालको आईसियूबाटै पक्राउ गरेको छ।

सोमबार बिहान सुनसरी प्रहरीका डिएसपी विनोद शर्माको टोलीले गिरीलाई अस्पतालबाटै पक्राउ गरेको हो। बिहान करिब ५ बजेतीर उनी उपचाररत विराट नर्सिङहोमबाट पक्राउ गरिएको डिएसपी शर्माले बताए।

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अहिले स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

उनलाई आजै अदालत लगेर अनुसन्धानका लागि म्याद थपको माग गर्ने तयारीमा प्रहरी रहेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.