प्रहरी हिरासतबाट सात जना थुनुवा फरार

प्रहरी हिरासतबाट सात जना थुनुवा फरार

सिरहाको एक प्रहरी कार्यालयबाट शनिबार राति हरी कार्यालयको थुनुवा कक्षबाट सात जना थुनुवा फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा विभिन्न मुद्दामा थुनुवाका रुपमा रहेका ११ जना शनिबार साँझ  ६:३० बजेतिर फरार भएकोमा चार जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सफल भएको छ। अन्य सात जना अझै फरार रहेको प्रहरीले जनाएकाे छ ।

फरार हुनेहरुमा २१ वर्षीय गणेश साह,१७ वर्षीय नविन यादव लागुऔषध मुद्दाका प्रतिवादी १९ वर्षीय नेपाल, मोहमद रियाज मिया, ४५ वर्षीय रामआशिष यादव, २६ वर्षीय रंधिर कुमार यादव छन् ।

फरार भएका थुनुवाहरुको खोजीका लागि सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीमाक्षेत्रको जाँचमा समेत कडाइ गरिएको प्रहरीले जनाएकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.