एयरपोर्टमा एकाबिहानै आईजीपी खनालको छड्के

एयरपोर्टमा एकाबिहानै आईजीपी खनालको छड्के

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर सुरक्षा अवस्थाबारे निरीक्षण गर्नुभएकाे छ ।

शनिबार बिहान एक्कासी छड्केमा पुग्नु भएमा आईजीपी खनालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को सुरक्षालाई मध्यनजर गर्दै विमानस्थल सुरक्षामा कार्यरत प्रहरीहरुलाई निर्देशन समेत दिनु भएको छ।  छड्के निरीक्षणका क्रममा आईजीपी खनालले सुरक्षा उपकरण र साधन स्रोतबारे जानकारी लिनुभएकाे थियाे ।

विमानस्थलमा सुरक्षालाई अझ प्रभावकारी बनाउन आईजीपी खनालले सुझाव समेत दिनु भएको थियाे । केही दिन यता चिनिया नागरिकहरुले सुन तस्करी गरिरहेको समाचार आइरहेका बेला आईजीपी खनालले अवैध तस्करी र आपराधिक क्रियाकलाप रोक्नका लागि कुनै पनि कसर बाँकी नराख्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिनु भएको हाे ।

आईजीपी खनालले शुक्रबार मात्र मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता तथा १४ गते हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापनका लागि मातहतका प्रहरी अधिकृतहरुलाई निर्देशन दिनु भएको थियाे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.