अर्घाखाँचीमा बस दुर्घटना : १७ जनाकाे मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना : १७ जनाकाे मृत्यु

अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाकाे मृत्यु भएकाे छ भने दुर्घटनामा १३ जना घाइते भएका छन् ।

सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ यात्रुबहाक बस सन्धीखर्क नगरपालिका-१ स्थित नरपानी र घुम्चीको बीचमा दुर्घटना हुँदा १७ जनाकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा १० पुरुष र ७ महिला छन्। मृतकको सनाखत हुन सकेको छैन।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएकाे छ ।

दुर्घटना भएको स्थान खोंच भएको र रातिकाे समय भएकोले उद्धार कार्यमा केही समस्या भए पनि प्रहरीले उद्धार कार्य गरिरहेको उद्दारमा खटेका प्रहरी निरीक्षक सुरज सुवेदीले जानकारी दिए।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.