महरालाई आज अदालत उपस्थित गराइँदै

महरालाई आज अदालत उपस्थित गराइँदै

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार अदालतमा उपस्थित गराइने भएको छ ।

गत असोज १९ गते आइतबार पक्राउ परेकाउ उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण आज अदालत उपस्थित गराउन लागिएको स्रोतले जानकारी दिएको छ ।

महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई करणी गरेको आरोप लागेको छ । महिलामाथि गरेको यो दुर्व्यवहारको घटना सार्वजनिक भएपछि महराले त्यसको भोलिपल्टै नैतिकताका आधारमा सभामुख पदबाट राजीनामा दिएका थिए ।

दशैँ बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि मंगलबार अदालतमा उपस्थिति गराएर म्याद थप्ने प्रहरीको तयारी रहेकाे छ ।

उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि महरालाई गएको बिहीबारदेखि थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.