बालुवाटारस्थित सभामुख निवासबाट कृष्ण बहादुर महरा पक्राउ

बालुवाटारस्थित सभामुख निवासबाट कृष्ण बहादुर महरा पक्राउ

काठमाडाै‌ असोज १९

संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा कृष्ण बहादुर महरा पक्राउ परेका छन् । प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाट उनलाई पक्राउ गरेको हो।

यसअघि महरालाई पक्रन प्रहरीलाई अदालतले अनुमति दिएको थियो।

अदालतको आदेशसँगै महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको छ। नयाँ मुलुकी फौजदारी संहिता अनुसार कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्छ।
महरा पक्राउ गरेसँगै प्रहरीले उपसभामुखलाई यसबारे जानकारी गराउने भएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.