कृष्ण बहादुर महरालाई पक्रन अदालतले अनुमति

कृष्ण बहादुर महरालाई पक्रन अदालतले अनुमति

संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेपछि पदबाट राजीनामा दिएका कृष्ण बहादुर महरालाई पक्रन प्रहरीलाई अदालतले अनुमति दिएको छ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।

अदालतको आदेशसँगै महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको छ। अदालतबाट पक्राउको अनुमति पाएको प्रहरीले सम्भवत आज साँझसम्म नै महरालाई पक्राउ गर्नेछ। नयाँ मुलुकी फौजदारी संहिता अनुसार कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.