चलचित्र निर्माता शाहीलाई थप २ दिन हिरासतमा राख्न अनुमति

चलचित्र निर्माता शाहीलाई थप २ दिन हिरासतमा राख्न अनुमति

चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई थप २ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाण्डौंले अनुमति दिएको छ । यसअघि पनि शाहीलाई अदालतले अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्ने अनुमति दिएको थियो ।

आइतबार भएको बहसपछि अनुसन्धानका लागि म्याद थपिएको डिएसपी कृष्ण चन्दले बताए ।

चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाकाे टाेलिले गत बुधबार पक्राउ गरेको थियाे ।उनलाई चलचित्रको वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर शाही फरार भएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

 

याे पनि पढ्नुहाेस्

चलचित्र निर्माता गोविन्द शाही पक्राउ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.