पुडासैनी आत्महत्या प्रकरण: कार्कीको बयान सकियो, लामिछाने र कँडेलको बयान सोमबार

पुडासैनी आत्महत्या प्रकरण: कार्कीको बयान सकियो, लामिछाने र कँडेलको बयान सोमबार

पत्रकार शालिग्राम पुडासैनीकाे आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा आरोपी अस्मिता कार्कीको बयान लिएर सकिएको छ ।

बाँकी आरोपीहरु रवि लामिछाने र युवराज कडेलको बयान भने सोमबार बिहान १० बजेबाट हुनेछ। सोमबार उनीहरुको बयान समाप्त भएपछि थुनछेक बहश शुरु हुनेछ। सरकारी र  आरोपी पक्षका कानुन व्यवासायीको दुई तर्फी बहशपछि आदेश गर्ने छ। अदालतको आदेशले उनलाई थुनामा पठाउने कि हिरासतमा राख्ने भन्ने बारे निर्णय गर्नेछ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर आइतबार बयान लिन सुरु गरेको थियो ।

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान आइतवारबाट शुरु भएको हो।

रावलको इजलाशमा आज अस्मीता कार्कीको बयान गराइएको थियाे । कार्कीले बयानमा लामिछानेसँग आफू साथीको रुपमा रहेपछि आत्महत्या गर्ने कार्यमा भने उक्साहट नगरेको दावी गरेकी छन्। उनले उक्त अभियोगवाट आफूले सफाइ पाउनुपर्ने माग गरेकी छन्।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.