नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चकाे आदेश

नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चकाे आदेश

नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

निर्माता छवि ओझाकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै दुवैविरुद्ध जाहेरी दिएकी थिइन् । उक्त जाहेरीपछि उनीहरुविरुद्ध जिल्ला अदालतमा बहुविवाहको मुद्दा दायर भएको थियो ।

आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सर्वप्रथम अभिनेत्री पोखरेल उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन् । उच्च अदालतमा उनले आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेज हुनुपर्ने जिकिर गरेकी थिइन् ।

सर्वोच्चले भने तत्काल पक्राउ नगर्न आदेश दिँदै भदौ १५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.