मेगा बैंकका तत्कालिन प्रबन्धक शम्भु थापालाई सर्वोच्चको सफाई

मेगा बैंकका तत्कालिन प्रबन्धक शम्भु थापालाई सर्वोच्चको सफाई

मेगा बैंकको कान्तिपथस्थित मुख्य शाखाका तत्कालिन प्रबन्धक शम्भु थापालाई सर्वोच्च अदालतले हालै सफाई दिएको छ । उनलाई बैंकिङ कसुर अभियोगमा झन्डै ६ बर्षअघि फँसाईएको थियो ।

२३ माघ २०७० मा त्यसबेलाको टुरिजम बैंकको रकम राष्ट्रिय बाणिज्य बैंक भोटाहिटीबाट मेगा बैंकको क्लियरिङ हाउसमा गैर कानुनी हिसाबले २ करोड ९ लौख ९० हजार रकम स्थानान्तरण गर्ने तत्कालिन मेगा बैंक धादिङ शाखाका प्रबन्धक राजेन्द्र पाण्डे र उनका भाई प्रविण पाण्डेले गरेको कसुरमा संलग्नता देखाउँदै थापालाई मुद्दा लगाइएको थियो ।

‘सम्मानित सर्वोच्च अदालतबाट सफाई पाएको छु । मेरो त्यस प्रकरणमा कुनै संलग्नता थिएन, निर्दोष हुँदाहुँदै फसाईको थियो । न्याय जिउँदो छ’, थापाले भने,‘उच्च अदालत पाटन र जिल्ला अदालतबाट पनि सफाई पाएको थिएँ ।’

जिल्ला अदालत काठमाडौंबाट सोही प्रकरण जोड्दै थापाविरुद्ध नागरिकता तथा सरकारी छाप किर्तेको मुद्दा थियो । जसमा १३ माघ ०७३ मा उनले सफाई पाएका थिए । यस्तै, २८ साउन ०७४ मा सोही मुद्दामा थापाले सफाई पाइसकेका थिए ।

बैंकिङ क्षेत्रमा ३१ बर्ष काम गरेका थापाले ग्राहक सेवा विभागमा नबिल बैंकमा २६ बर्ष तथा मेगा बैंकमा ५ बर्ष कार्यसम्पादन गरेका थिए । थापा तीन दिनको बैठकका लागि गोदाबारी गएको मौकामा टुरिजम बैंकको उक्त परिमाणको रकम ०१४१००६०३५८३८६ नम्बरको खाताबाट पाण्डेलगायतले रकम स्थानान्तरण गरेका थिए ।

पाण्डेद्वयलाई भने उक्त कसुरमा दोषी देखिएका कारण अदालतले सफाई दिएको छैन । उच्च अदालत पाटनको आदेशलाई नै सदर गरेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.