नक्कली नोटसहित युनुस अन्सारी विमानस्थलबाट पक्राउ

नक्कली नोटसहित युनुस अन्सारी विमानस्थलबाट पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।

कतार एयरवेजमार्फत भारत जान लागेका युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जनालाई विमानस्थलको भन्सार प्रहरीले  चेकिङकाे क्रममा पक्राउ गरेकाे हाे ।

प्रहरीले उनिहरुकाे साथबाट दुई वटा व्रिफ केशमा दुई हजार दरका करीब पाँच करोड नक्कली नोट बरामद गरेकाे छ ।

युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परेका थिए ।

बरामद नक्कली भारुसहित थप अनुसन्धान भइरहेकाे विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.