गृहमन्त्री थापा र नेपालका लागि भारतीय राजदूतबीच शिष्टाचार भेटवार्ता

गृहमन्त्री थापा र नेपालका लागि भारतीय राजदूतबीच शिष्टाचार भेटवार्ता

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आतबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हाल्नुभएकोमा राजदूत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना शुुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रामार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा गृहमन्त्री थापाले विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्‍न सार्क राष्ट्रका मुलुकहरुबीच सहकार्यको आवश्यकतामा जोड दिनुभयाे ।

नेपाल–भारतसिमाबाट सो महामारी नफैलियोस् भनेर सीमा नियन्त्रणमा दुवै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदूत क्वात्रासँग आग्रह गर्नुभयो ।

राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले कोरोना भाइरस विरुद्धको लडाइँमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताउनु भयाे ।

कोरोनाको त्रासपछिको अवस्थामा नेपाल–भारत सीमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको तथा नेपालको गृहमन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफूहरु तयार रहेको बताउनु भयाे ।

उँहाले भारतीय सहयोगमा काभ्रेको पनौतीमा बन्न लागेको नेपाल प्रहरीको तालिमकेन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी सधान उपलब्ध गराउने विषयलाई आफूले प्राथमिकतामा राख्दै यसलाई छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी गराउनु भयाे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.