नेपाल र चीनबीचको सम्बन्ध सुदृढ हुँदै गएको छ: गृहमन्त्री थापा

नेपाल र चीनबीचको सम्बन्ध सुदृढ हुँदै गएको छ: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नेपाल र चीनको सम्बन्ध प्राकृतिक रुपमा मात्रै नभएर साँस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताउनु भएकाे छ ।

चिनियाँ नयाँ वर्ष वसन्तोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बाेल्दै गृहमन्त्री थापाले उक्त कुरा बताउनु भएकाे हाे । नेपाल—चीन सम्बन्ध प्राचिन कालदेखि अटुट रहेको बताउँदै थापाले अहिले सम्बन्ध सुदृढ हुँदै गएको बताउनु भएकाे छ ।

गत असोजमा भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा पुगेको उँहाको भनाइ थियो । नेपालका तर्फबाट पनि समय–समयमा उच्च पदस्थ व्यक्तिको चीन भ्रमण हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले नेपालको समृद्धिका लागि चीनले गरेको सहयोगप्रति धन्यवाद दिनु भयाे ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा अरनिको समाजले आयोजना गरेको कार्यक्रममा चीनले सांस्कृतिक कार्यक्रमसमेत गरेको छ । चीनले पछिल्लो समय आफ्ना विभिन्न पर्वमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.