नागरिक सचेत भए मात्र दिगो सुख र समृद्धि प्राप्त हुन्छ : गृहमन्त्री थापा

नागरिक सचेत भए मात्र दिगो सुख र समृद्धि प्राप्त हुन्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नागरिक सचेत भए मात्र दिगो सुख र समृद्धि प्राप्त हुने बताउनु भएकाे छ ।

२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा राजधानीमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले उक्त कुरा बताउनु भएकाे हाे ।

‘सुरक्षित पूर्वाधारमा पहिलो कुरा नागरिक सचेतना हो । नागरिकहरुलाई सचेत बनाउने सकेको अवस्थामा त्यसले दिगो सुख र समृद्धिको आधार निर्माण गर्छ’, थापाले भन्नुभयाे ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनु भएकाे छ । कमजोर पूर्वाधारका कारण कुनै पनि मानवीय क्षति नहोस् भन्नका लागि सरकारले पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको उँहाले बताउनु भयाे ।

पुस १५ गतेदेखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्पसम्बन्धी जनचेतना जगाइँदै छ । गृहमन्त्रालयले सातवटै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ ।

भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.