नेपाली भूमिमा चीनविरुद्ध हुने कुनै गतिविधि स्वीकार्य छैन : गृहमन्त्री थापा

नेपाली भूमिमा चीनविरुद्ध हुने कुनै गतिविधि स्वीकार्य छैन : गृहमन्त्री थापा

चीन भ्रमणमा रहनु भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाली भूमीमा चीनविरुद्ध हुने गतिविधि स्वीकार्य नहुने बताउनु भएकाे छ ।

गृहमन्त्री थापाले चीनका सार्वजनिक सुरक्षा मन्त्री झाओ केजीसँगको भेटमा नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने बताउनुभएको हो ।भेटमा गृहमन्त्री बादलले नेपालको सामाजिक तथा आर्थिक विकासमा चिनियाँ पक्षको सहयोगका लागि धन्यवाद पनि दि नु भयाे ।

भेटका क्रममा सार्वजनिक सुरक्षाका विषयमा दुईपक्षीय सहयोगलाई बढावा दिँदै सीमा अपराध नियन्त्रणका साथै क्षमता विकास र सीमा व्यवस्थापनका विषयमा पनि छलफल भएको चीनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर जनाएको छ ।

दुई नेताबीच सीमालाई सुरक्षित राख्नका लागि दुई देशको कानून कार्यान्वयन गर्ने निकायबीच सहयोग र समन्वय बढाउने विषयमा सहमति पनि भएको जनाइएको छ ।

भेटवार्ताका क्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसहित अन्य उच्च अधिकारीको सहभागिता थियो ।  थापा २५ पुसमा नेपाल फर्किने तालिका छ ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.