गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

गृहमन्त्री रामबहादुर थापा ६ दिने भ्रमणका लागि आज बिहान चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको छ ।

चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा गृहमन्त्री थापा बेइजिङ प्रस्थान गर्नुभएको हाे । भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।

मन्त्री थापाको टोलीले चीनको साङ्घाई र ल्हासाको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।

उँहाको टोलीमा मन्त्री थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत सहभागी छन् ।

गृहमन्त्री थापा अगामी पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.