
उपभोक्ता ठग्ने उद्योगलाई जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलबिजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची नराखी उपभोक्ता ठग्ने ८० फार्मलाई जरिवाना गरीे रु १९ लाख ८३ हजार असुली गरेको छ ।
सो कार्यालयले चालू आर्थिक वर्षको यही पुस १५ गतेसम्ममा रौतहट, बारा, सर्लाही, पर्सा, मकवानपुर र चितवनमा रहेका १४० व्यापारिक फार्ममा अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ती फार्मलाई कारवाही गरी जरिवाना असुल गरिएको कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले जानकारी दिनुभयो ।
यसैबीच विदेशी ‘लेबल’ लगाएर उपभोक्ता ठग्दै आइरहेको वीरगञ्ज महानगरपालिका वडा नं ६ रेशमकोठी चोकस्थित एसआर तयारी उद्योगमा स्थानीय प्रशासनले आइतबार छापा मारी उद्योगलाई रु तीन लाख जरिवाना गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङको नेतृत्वको टोलीले सो उद्योगमा छापा मार्दा उद्योगले अन्तरराष्ट्रियस्तरको नाम चलेको कम्पनी एडिडास कम्पनीको ट्राउजर्स र द नर्थ फेस कम्पनीको नामको सुट उत्पादन गरी उपभोक्तालाई ठग्दै आइरहेको पाइएको थियो ।
टोलीमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक टीकाप्रसाद पोखरेल, वाणिज्य कार्यालयका निरीक्षक अधिकृत जीतबहादुर भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो । व्यापारीले म्याद गुज्रेको दैनिक उपभोग्यका सामान बेच्ने गरेको र मूल्यसूची नराखी उपभोक्तालाई ठग्न थालेको गुनासो आउन थालेपछि अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ ।
अरु समाचार
प्रहरीको उलन पाईन्टमा अनियमितता, ठगी गर्ने...
ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका-८ घर...
नेपाल इन्जिनियरिङ कलेजका पूर्वकार्यकारी अध...
नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर...
वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त ...
वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त काठमाडौं आरुवबारी बस्ने स...
सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुप...
भक्तपुर नगरपालिका-१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घ...
प्याज ४३ रुपैयाँमा खरिद, ८० रुपैयाँमा बिक्री
प्याजको कालोबजारी गरेको अभियोगमा कलैया उपमहानगरपालिका-१ स्थित खुशी ...
अमेरिका लैजाने भन्दै फिलिपिन्समा अलपत्र पा...
अमेरिका लैजाने भन्दै फिलिपिन्समा अलपत्र पारेर ४१ लाख ठग्ने २ जना पक...
सहकारी संस्थाको ५ करोड ६७ लाख ठगी गरी फरार...
सहकारी संस्थाको ५ करोड ६७ लाख ठगी गरी फरार रहेको ब्यक्ति पक्राउ परे...
फेसबुकमा महिला बनेर ठगि गर्ने पक्राउ
फेसबुकमा महिला बनेर ठगि गर्ने पक्राउ परेका छन । महानगरीय अपराध महाश...