अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भन्दै  ठगी गरेको अभियोगमा अमेरिकी नागरिक पक्राउ

अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा अमेरिकी नागरिक पक्राउ

अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ६५ वर्षीय Danial Lee Mcgee लाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित भक्तपुर सूर्यबिनायक नगरपालिका-६ घर भएका टुक नारायण श्रेष्ठको एटलास सेक्युरिटी प्राईभेट लिमिटेडलाई अमेरिकामा दर्ता गरी पार्टनर बनाउँछु भनी १० लाख रुपैयाँ ठगी गरेको तथा अन्य २ जनालाई बिजनेस भिषामा अमेरिका लान्छु भनी जनही ५ लाख रुपैयाँ ठग्ने प्रयास गर्दागर्दै उक्त महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.