
फेसबुकमार्फत महिलाहरुलाई अश्लिल सन्देश पठाउने पक्राउ
फेक इमेल तथा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाहरुलाई अश्लिल सन्देश, तस्बिर पठाउने, यौन उत्पीडन एवम् हैरानी गरेको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ गल्फुटार बस्ने मोरङ विराटनगर उपमहानगरपालिका-३ घर भएका ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका-६ कल्याणपुर बस्ने ३५ वर्षीय थम बहादुर विश्वकर्मा रहेका छन् । सुमनलाई काठमाडौंबाट र थम बहादुरलाई जिल्ला प्रहरी कार्यालय चितवन समेतको सहयोगमा चितवनबाट पक्राउ गरिएको हो ।
सुमनले फेक इमेल बनाई महिलालाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने, यौन उत्पीडन दिने, Sex Extortion गर्ने, हैरानी गर्ने कार्य गरेको तथा थम बहादुरले सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने एवम् हैरानी दिने कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका व्यक्तिहरू उपर थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
अरु समाचार
एक किलो आठ ग्राम अवैध सुनसहित एकजना पक्राउ
प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जि...
रायभर धरौटीमा थुनामुक्त
सर्वोच्च अदालतको आदेशानुसार उमाशङ्कर रायभर रु २५ हजार धरौटी बुझाएर ...
विभिन्न देशका मुद्रा सहित पाकिस्तानी नागरि...
अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रा सहित ...
२ सय ९६ कार्टुन मदिरा सहित ४ जना पक्राउ
विभिन्न ब्राण्डका मदिराहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारो...
इच्छाराज तामाङविरूद्ध सम्पत्ति शुद्धीकरण अ...
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध सम्पत्ति शुद्धीकरण अनुस...
स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित पक्राउ
काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमा...
जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी पक...
जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका...
एक करोड ६४ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा
वैध कमाईभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुस...