जेठ ५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

जेठ ५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि १० दिनका लागि थप गरेको छ ।

बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले १० दिन लकडाउन बढाउने निर्णय गरेको हो । अब आगामी जेठ ५ सम्म लकडाउन हुनेछ ।

नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता पाँचपटक लकडाउन बढाइसकेको छ । पछिल्लो पटक थपिएको लडाउन २५ वैशाखसम्म थियो ।

नेपालमा हालसम्म ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २२ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी उपचारमै छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.