फेसबुकमा रवि लामिछानेको समर्थन गर्दै  प्रचण्ड,रेनु र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्ललाई गाली गर्ने एक युवा पक्राउ

फेसबुकमा रवि लामिछानेको समर्थन गर्दै प्रचण्ड,रेनु र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्ललाई गाली गर्ने एक युवा पक्राउ

फेसबुकमा रवि लामिछानेको समर्थन गर्दै प्रचण्ड,रेनु र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्ल विरुद्ध अपशब्द प्रयोग गरेर स्टाटस लेखेको अभियोगमा चितवन माडीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्ललाई अपशब्द प्रयोग गरी स्टाटस लेख्ने माडीका युवा अर्विन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

युवालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । पक्राउ परेका गुरुङलाई साइबर क्राइम वा अभद्र व्यवहार सम्बन्धी मुद्ध चलाईने उनले बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.