५० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भन्ने एक पक्राउ

५० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भन्ने एक पक्राउ

महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले ५० लाख दिए प्रधानमन्त्री केपीशर्मा ओलीलाई मारिदिन्छु भनेर सामाजिक सञ्‍जालमा   टिप्पणी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाकाे टोलीले  सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका वडा नं. २ घर भई हाल बानेश्वर बस्ने ३४ बर्षीय लाल बाहदुर तामाङलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

उनले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला’ भन्दै सामाजिक सञ्‍जालमा लेखेको स्टाटसमा ‘पचास लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिने’ भन्‍दै कमेण्ट गरेका थिए ।

तामाङलाई बिद्युतिय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको प्रहरीले जनाएकाे छ ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.