‘हेडसर’को उट्पट्याङ

‘हेडसर’को उट्पट्याङ

शिक्षकहरुले विद्यार्थीहरुलाई ज्ञान गुणका कुरा सुनाउने हो। विग्रिने बाटोमा लाग्न खोज्नेहरुलाई शिक्षा दिएर सुकर्ममा लगाउने हो ।

त्यसैले त गुरु पुर्णिमा शिक्षकहरुलाई शाख मानिन्छ । तर सिन्धुपाल्चोकमा यस्ता शिक्षक निस्किए जो नै कुकर्ममा लागे। त्यही पनि हेडसर अर्थात विद्यालयका प्रधानाध्यापक ।

सिन्धुपाल्चोक मेलम्ची १३ फटकसिला बस्ने पाठकशिला उच्च माविका  प्रधानध्यापक तथा शिक्षक महासंघ सिन्धुपाल्चोकका सचिव इश्वर चौलागाइले राष्ट्रपति विद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जोडेर फेसबुकमा सेयर गरे।

फोटोमा उनले ह्याप्पी म्यारिज एनिभरसरी लेखे।

उनले सेयर गर्ने वित्तिकै धेरैले यस्ता पनि शिक्षक भनेर कमेन्टमा गाली गरे । तिनै शिक्षक अहिले प्रहरी हिरासतमा छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेर साइबर क्राइममा मुद्दा चलाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.