चोरी गरी भाग्ने क्रममा पक्राउ

चोरी गरी भाग्ने क्रममा पक्राउ

ललितपुर सनेपा बस्ने सल्यान खलंगाका ३३ वर्षीय सन्तोष विष्ट र चाबहिल बस्ने लम्जुङ सुन्दरबजारका ३३ वर्षीय राजेन्द्र गुरूङलाई मंगलबार काठमाडौं महानगरपालिका-१४ बाफल नारायणी पेट्रोलपम्प अगाडि पाकेट मारी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

सन्तोष र राजेन्द्रको साथबाट प्रहरीले नगद २६  हजार ८ सय ७२ नेपाली रुपैयाँ र भारतीय रुपैयाँ ३४ हजार २० र १ थान खल्ती काट्ने बिलेट समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.