नापी अधिकृत साह र भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा

नापी अधिकृत साह र भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखुका नापी अधिकृत भागवत साह र कार्यालय सहयोगी खेमराज भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार नापी अधिकृत शाहले गोकर्णेश्वर नपा–२ को जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग रु दुई लाख ५० हजार घुस मागेको अभियोगमा केही दिन पहिले पक्राउ गरिएको थियो ।

आयोगले बिगो असुल गरी गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.